Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाका थप २४० मा कोरोना पुष्टि, २ जनाको मृत्यु

  स्याङ्जा, ११ जेठ । स्याङ्जाका थप २४० मा कोरोना पुष्टि भएको छ भने २ जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ । पछिल्लो २४ घण्टामा क...

 


स्याङ्जा, ११ जेठ । स्याङ्जाका थप २४० मा कोरोना पुष्टि भएको छ भने २ जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पुतलीबजार नगरपालिकाका २ जना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार पुतलीबजार नगरपालिका ८ का ७१ वर्षीय पुरुषको जिल्ला अस्पताल स्याङ्जा हिजो संक्रमणबाट पुष्टि भएकै दिन मृत्यु भएको हो ।

त्यसै गरी पुतलीबजार नगरपालिका ७ की ३७ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा चरक मेमेरियल अस्पताल, पोखरामा निधन भएको छ । उहाँलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा जिल्लाका १०० महिला र १४० पुरुष गरी थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।