स्याङ्जा, ७ जेठ । स्याङ्जाका थप २ जना कोरोना संक्रमितको निधन भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट जिल्लाको चापाकोट नगरपालिका र अर...
स्याङ्जा, ७ जेठ । स्याङ्जाका थप २ जना कोरोना संक्रमितको निधन भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट जिल्लाको चापाकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।
निर्देशक शर्माका अनुसार चापाकोट नगरपालिका वडा नं ७ की ६५ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा आज निधन भएको हो । उहाँलाई जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसै गरी अर्जुन चौपारी गाउँपालिका वडा नं ६ की ५२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा निधन भएको छ । उहाँलाई जेठ ३ गते संक्रमण पुष्टि भएको थियो ।