Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पूर्व प्रहरी महानिरीक्षक बरालको निधन

  काठमाण्डाै – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको बुधवार (आज) ९३ वर्षकाे उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । विसं २०२९...

 



काठमाण्डाै – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको बुधवार (आज) ९३ वर्षकाे उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक हुनुभएका उहाँ राजदूत पनि हुनुहुन्थ्यो ।  


बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्त्वपूर्ण योगदान गर्नुभएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो । प्रहरीको रासन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कुल बनाउनमा उहाँको महत्त्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरू स्मरण गर्छन् । 


नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पुर्‍याउनुभएका उहाँ सङ्गठनको युगपुरुषका रूपमा स्थापित हुनुभएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । पूर्वसांसद बरालको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।