पाल्पा, रामपुर नगरपालिका ३ गण्डकीढीकका ९१ वर्षिय नामदेव न्यौपाने गत बैशाख १२ गतेको अघिल्लो दिन सम्म गण्डकी ढिकमा रहेको आफ्नै मिलमा कुटानी,...
गत वर्ष देखि कोरोना महामारीले विश्वलाई प्रभावित पारे पनि १४ वर्ष देखि दमको औषधी सेवन गर्दै आउनु भएको उहाँलाई कुनै असर देखिएको थिएन । तर बैशाख १२ गते बाट भने उहाँलाई ज्वरोले लखतरान पार्यो । ९ दशकको अवधीमा अनेकन महामारी झेल्नु भएको उहाँलाई बैशाख १८ देखि त अक्सिजनको नै आवश्यता प¥यो । छोराहरुले अक्सिजन सिलिण्डर नै ल्याएर डाक्टरहरुको सल्लाह अनुसार औषधी खुवाउन सुरु गरे । ज्वरो नहटे पछि नयाँ भेरियन्ट सहितको कोरोना संग लक्ष्यण मिल्ने भएकाले रामपुर नगरपालिकाले एन्टिजेन परिक्षण गर्ने क्रममा २५ गते उहाँको पनि स्वाव परीक्षण गरियो । तत्कालीन समयमा झाडापखाला, हैजा, विफर, रुघाखोकी जस्ता महामारीको पनि सामना गर्नु भएको न्यौपानेलाई कोरोना पोजेटिभ देखियो ।
अन्तत कोभिडले वृद्ध तथा दिर्घरोगी जोखिममा पारेको भनिए पनि न्यौपानेले दमरोगका विच पनि कोरोनालाई जित्न सफल हुनु भएको छ । होमआईसोलेशनमा बसेर चिकित्सकहरुको सल्लाह अनुसार अक्सिजन र औषधी सेवन पछि कोरोनालाई जित्न सफल हुनु भएको हो । उहाँले कोभिडलाई पछि पार्नु भएको छ । सम्भवत ९१ वर्षको वृद्धाअवस्थामा कोराना जित्ने उहाँ जिल्ला मै पहिलो हुनु भएको छ । शनिबार उहाँ घरमा छोराहरु संगै पिडीमा बसिरहनु भएको थियो । माईलो छोरा दामोदर न्यौपानेले बुवाको स्वास्थ्यमा क्रमिक सुधार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अक्सिजन सिलिण्डर मात्र नभै अक्सिजन कन्सट्रेटर पनि ल्याएका थियौं । तर ७ दिन यता बुवालाई अक्सिजन नै लगाउनु परेको छैन ।’ उहाँले डाक्टरहरुको सल्लाह अनुसार नै औषधी चलाए पछि क्रमिक रुपमा सुधार भएको बताउनुभयो ।
जेठ ५ गते पुन : एन्टिजेन परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । उहाँको छोरा श्रीमति लगाएत कन्ट्रयाक ट्रेसिङ्गमा रहेका परिवारका सबैको रिपोर्ट नेगेटिभ आएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेले बताउनुभयो । वयोवृद्ध न्यौपानेले आफुलाई हिजो भन्दा आज धेरै राम्रो भएको महशुस भएको सुनाउनुभयो । उहाँले समय अनुसारको एउटा/एउटा प्रभाव बेला बेलामा आउने गरेको भन्दै कोरोना भाईरस पनि त्यसैको रुप भएको हुन सक्ने बताउनुभयो । रसिलो मुहारका उहाँले कोरोनालाई जसरी समाजले त्रासको रुपमा लिएको त्यसलाई ‘हात्ती आयो, हात्ती आयो फुस्स’ को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘धेरै डराउन दिएको छ, त्यसले पनि समस्या भएको हो । अत्तिहाल्ने र डराउने होईन ।’ कटुवाल खबर संगको कुराकानीमा उहाँले भन्नुभयो, ‘पहिला पनि आँठे (रुघाखोकी), कलेरा (हैजा), विफर जस्ता महामारी नआएको होईन । अहिले मान्छेलाई यत्तिकै साटो लैजाने काम भाको छ । अनुशासनमा बस्नु प¥यो कोरोना ठिक हुन्छ ।’
आफु विरामी भए पनि कोरोना बाट नडराएको स्मरण गर्दै उहाँले छोराहरुलाई नडराउन आग्रह गर्दै आएको जानकारी गराउनुभयो । ‘छोराहरु डराउँथे, अत्तिन्थे, नडराओ ठिक हुन्छु भनेको थिएँ । अहिले ठिक पनि भएँ । सबै जना भेट्न आउनु भयो । उहाँहरुले थप बाँच्ने हौसला प्राप्त भएको छ ।’ उहाँले थप्नुभयो । कोरोना बाट बच्नका लागि न्यौपानेले सबैलाई नडराउन, निर्भिक रहन, अनुशासनमा बस्न, दुरी कायम गर्न र माक्स लगाउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोरोनालाई जितिन्छ, अनुशासनमा बसौं, डराउने होईन, निर्भिक हौं, सरकारले भनेको झै दुरी कायम गरौं । माक्स लगाऔं ।’
न्यौपानेले कोरोना देखिएमा नडराएर, डाक्टरहरुको परामर्श अनुसार औषधी सेवन गर्न आग्रह गर्नुभयो । अन्तमा उहाँले भन्नुभयो ‘सबैलाई सुख, शान्ति होस् र कसैलाई कष्ट बेहोर्न नपरोस् ।’ जेठो छोरा माधव न्यौपानेले बुवाको आत्मविश्वास बलियो हुनुका साथै डाक्टरहरुको नियमित परामर्शले थप सहज भएको बताउनुभयो । अर्का छोरा बाबुराम न्यौपाने बुवाको स्वास्थ्यमा सुधार भएको खबरले परिवार संगै आफन्तजनमा खुशी छाएको बताउनुभयो ।