स्याङ्जा, २० जेठ । चापाकोट नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकामा कार्यरत ७३ जना कर्मचारीहरुमा ग...
नगरपालिकामा कार्यरत ७३ जना कर्मचारीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ९ जनामा कर्मचारी पुष्टिपछि नगरपालिकाको स्वास्थ्य सेवा बाहेकका सम्पुर्ण सेवाहरु २५ गतेसम्म बन्द गरेको नगरपालिकाले जनाएको छ ।
चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरीले आज एक विज्ञप्ति जारी गर्दै नगरपालिका क्षेत्र हाल उच्च संकटमा रहेको हुँदा नगरपालिका कार्यालयको कार्यालय, चापाकोटको स्थानीय विपद व्यवसथापन समितिको आज बसेको बैठकले २५ गतेसम्म स्वास्थ्य सेवा बाहेका सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिका अन्तर्गत रहेका सबै वडाहरुमा संक्रमणको जोखिमदर बढ्दै गइरहेको हुँदा घर बाहिर निस्कनु परेमा स्वास्थ्य मापदण्ड पुरा गरी आवतजावत गर्न नगर प्रमुख गिरीले अपिल गर्नुभएको छ ।
उहाँले नागरिकहरुको सेवा समर्पित सबै कर्मचारीहरमा शिघ्र स्वास्थ्य लाभको काम गर्दै चापाकोट नगरपालिका कार्यालयले संक्रमितहरुको व्यवस्थापनको लागि आफ्नै निजि स्रोत र साधनमा १० वेडको अक्सिनजसहितको आइसोलेशन केयर सेन्टर निर्माण गरेको, समुदायमा गई निशुल्क एन्टीजेन तथा पिसीआर परीक्षण गरेको, २ वटा एम्बुलेन्सबाट संक्रमितहरुलाई निरन्तर रपमा निशुल्क यातायात सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि उच्च मनोवलका साथ कार्य गर्न तत्पर रहेको व्यहोरो जानकारी गराउनुभएको छ ।
नगरपालिकामा आजसम्म १९८ जनामा संक्रमण पुष्टि भएकोमा १२० जना संक्रमणमुक्त भइसकेका छन् भने ७८ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणबाट नगरपालिकाभित्रका ५ जनाको मृत्यु भइसकेको छ ।