Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा जेठ ३१ सम्म निषधेज्ञा थपियो, सबै बन्द रहने (सूचना सहित)।

  स्याङ्जा : स्याङ्जामा आउँदो जेठ ३१ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । जेठ २५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ ३१ गते सम...

 

स्याङ्जा :
स्याङ्जामा आउँदो जेठ ३१ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । जेठ २५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ ३१ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको हो ।

सो अवधीमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ । थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने भएको छ ।

औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।

स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९३ ज्यान गुमाएका छन भने दुई हजार छ सय ६३ जना संक्रमित मध्य एक हजार दुई सय ९३ सक्रिय संक्रमित रहेका छन् ।



धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।