Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

५० मुरी धान फलाउने किसानलाई ४२ हजार ५०० रुपैयाँ !

  ताप्लेजुङ - कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रस्त...

 


ताप्लेजुङ - कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ ।

गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम बापत ४२ हजार ५०० रुपैयाँ उपलब्ध गराउने निर्णय गर्दै उनीहरुलाई कृषि कर्ममा थप हौसला भरेको हो ।

गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न याे नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ । पहिलो चरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई यस रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बु, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का रविन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार देवीमाया र ङिमादावाले ७०/७०, ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रविन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ । उनीहरुलाई रकम चाँडै उपलब्ध गराइने प्रवक्ता चोङ्वाङले बताउनुभयो ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।