Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

मोटरसाइकल ट्रकसँग ठोक्किँदा एकको मृत्यु, एक घाइते

  तनहुँ, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेम...


 

तनहुँ,

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेल रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।


डुम्रेबाट आँबुखैरनी तर्फ गैरहेको लु ८ प ८३५३ नम्बरको मोटरसाईकल फरक दिशा तर्फ गैरहेको ना ६ ख ६११८ नम्बरको ट्रकको पछाडी ठोकिएर पुनः आँबुखैरेनीतर्फ गैरहेको ना ६ ख ४४४७ नम्बरको ट्रकमा ठोकिएको थियो ।


दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीय साजन भुजेल घाइते भएका छन् । घाइतेको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ । घटनाका कारण केहीबेर राजमार्गमा यातायात अवरुद्ध हुन पुगेकामा पछि नियमित भएको ट्राफिक प्रहरीले जनाएको छ ।


ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । मृतक भुजेलको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।