Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुरमा बन्दुकको छर्रा लागेर एक को ज्यान गयो

  पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ तल्लोतालमा स्याललाई हानेको बन्दुकको छर्राले लागेर एक पुरुषको ज्यान गएको छ । मकैबारीमा आएको स्याललाई हा...

 



पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ तल्लोतालमा स्याललाई हानेको बन्दुकको छर्राले लागेर एक पुरुषको ज्यान गएको छ । मकैबारीमा आएको स्याललाई हान्ने क्रममा बाबुले पड्काएको बन्दुकको छर्राले लागेर छोराको ज्यान गएको हो ।


निधन हुनेमा रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।


५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरूवा बन्दुकले मकै बारीमा आएको स्याललाई हानेका थिए। स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोराको टाउकोमा लागेको प्रवक्ता त्वातीले बताउनुभयो । प्रहरीले एक नाले भरुवा बन्दुक सहित कर्ण बहादुरलाई नियन्त्रमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।