Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

एकै दिन १० हजार २ सय ५८ जनामा काेराेना संक्रमण पुष्टि

  काठमाण्डौ – पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाक...


 काठमाण्डौ – पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना परीक्षण गर्दा ४४ दशमलव ९३ प्रतिशत अर्थात् १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ६२ जना निको भएका छन् । योसहित कोरोना सङक्रमणमुक्त हुनेको संख्या आठ लाख १७ हजार पाँच सय ४७ जना पुगेको छ । यस्तै थप एक जना सहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।


अहिले नेपालमा ३९ हजार ४४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार एक सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।