Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसीएमसीको सिफारिस

  काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्...


 काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।


आज आइतवार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।


यस्तै बैठकले विद्यालय बन्द रहेकै बेला पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।


साथै बैठकले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा–सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । माघ ३ गतेदेखि सरकारी सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गर्ने, माघ ३ गतेदेखि आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गर्ने, परीक्षण तथा खोप अभियानलाई तीव्र बनाउने लगायतका निर्णयहरू बैठकले गरेको छ । 


सीसीएमसीसीका निर्णय मन्त्रिपरिषद्काे बैठकले पारित गरेपछि लागू हुनेछ । 

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।