Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पर्वतमा लकडाउन घोषणा, के-के हुन्छ ?

  पर्वत । पर्वतमा लकडाउन आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि माघ ५ गतेदेखि लागु...


 

पर्वत । पर्वतमा लकडाउन आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि माघ ५ गतेदेखि लागु हुने गरी लकडाउन आदेश जारी गरिएको हो । 


जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा प्रशासनले माघ ५ देखि लागु हुने गरी लकडाउन आदेश जारी गरेको हो । 


पर्वतमा कोरोना सङ्क्रमण फैलिएकाले शैक्षिक संस्था होटल, सेवा प्रदायक निकाय, डिपार्टमेन्टल स्टोर्स, धार्मिक स्थल, यातायात लगायतका क्षेत्रमा फरकफरक क्षेत्रमा समय तोकेर आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । 


प्रजिअ खत्रीले अर्को आदेश जारी नभएसम्मका लागि जारी भएको लकडाउन आदेशमा शैक्षिक क्रियाकलाप सिनेमा हल लगायतका क्षेत्रहरू माघ १५ सम्म पूर्णरुपमा बन्द गर्ने आदेश जारी गरिएको उल्लेख गरिन् । 


यस्तैगरी मठ मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप माघ २९ सम्म बन्द गर्न आदेश जारी भएको छ । 


होटल व्यवसाय, डिपार्टमेन्टल स्टोर्स, सार्वजनिक सेवा प्रदायक निकायमा सेवाग्राहीको अनिवार्य दुवै डोज लगाएको खोप कार्ड देखाएर मात्र सेवा दिन आदेश जारी भएको छ ।


आदेशलाई अवज्ञा गरिएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालय पर्वतले दिएको छ । सङ्क्रमण बढे पनि सर्वसाधारणले सङ्क्रमणप्रति बेवास्ता गरेको उल्लेख गर्दै प्रजिअ खत्रीले सबै सजग रहन समेत आग्रह गरेकी छन् ।


पर्वतमा पछिल्लो समय एन्टिजेन परीक्षणलाई तीव्रता दिइएसँगै परीक्षण गरिएकामध्ये झण्डै ७० प्रतिशतमा सङ्क्रमण देखिएको छ ।  

पर्वतमा हालसम्म १३ जना सक्रिय संक्रमित रहेका छन् । कूल संक्रमित १३ सय ७४ जना रहेकोमा ३६ सय ८५ जना निको भएका छन् । पर्वतमा कोरोना संक्रमणबाट हालसम्म ७६ जनाको मृत्यु भएको छ । 

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।