Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्गजाका ३ सहित गण्डकीका थप ३७ जनामा कोरोना पुष्टि ।

  पोखरा पछिल्लो २४ घण्टामा स्याङ्गजाका ३ सहित गण्डकीका थप ३७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज...


 

पोखरा

पछिल्लो २४ घण्टामा स्याङ्गजाका ३ सहित गण्डकीका थप ३७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।


मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ६ जिल्लाका छन् । जसअन्तर्गत स्याङ्गजाका ३ सहित, कास्कीका २८ जना, तनहुँका एक जना, लमजुङका एक जना, नवलपुरका दुई जना र म्याग्दी जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ।


आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १७८२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १०९ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ९९५ पुगेको छ। भने, अहिले प्रदेशभर ३६३ सक्रिय संक्रमित छन् ।


गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६४ रहेको निर्देशनालयले जनाएको छ

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।