आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०७...
प्रतिक चिन्हको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बिचमा नेपालको रास्ट्रिय झण्डा राखिएको छ । त्यसैगरि तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगाना लेखिएको छ । ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धानको बाला देखाइएको छ । प्रतिक चिन्हको गोलाकार भागले गाउँपालिकाका विभिन्न पक्षहरुलाई झल्काउने काम गरेको पालिकाले जनाएकाे छ ।
उदाँउदो सुर्य सहित रहेका हरियाली डाँडाकाँडा तथा रुखहरुले गाउँपालिकाको प्राकृतिक सौन्दर्यतालाई झल्काएको छ । पर्यटकीय दृष्टिकोणले राष्ट्रिय स्तरमा परिचित देशकै पहिलो होमस्टे शिरुवारी गाउँ र श्रवणकुमारलाई प्रतिक चिन्हमार्फत विशिष्टकरण गरिएको छ । आँधीखोलाको नक्सा समेटेको उक्त प्रतिक चिन्हले अन्धाअन्धी दहबाट झरेको झरना आँधीखोलामा मिश्रण भएको भावलाई झल्काएको छ । कृषि क्षेत्रलाई गाउँपालिकाको समृद्धिको आधार देखाउन दुई जना व्यक्तिले खेतमा काम गरिरहेको र लैङ्गिक समानता, एकता,समन्वय सहकार्यलाई झलकाउन महिला पुरुषले हात मिलाएको देखाइएको छ ।