Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्वतन्त्र पार्टीले स्याङ्जामा सङ्गठन विस्तार गर्दैः रवि लामिछाने स्याङ्जा आउने

रवि लामिछानेको नेतृत्वमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामा सङ्गठन विस्तार गर्ने क्रममा स्याङ्जामा पनि सङ्गठन विस्तारका लागि...


रवि लामिछानेको नेतृत्वमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामा सङ्गठन विस्तार गर्ने क्रममा स्याङ्जामा पनि सङ्गठन विस्तारका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरेको छ ।

स्याङ्जा जिल्लाका लागि प्रदेश भेलाबाट यस अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको ३ सदस्यीय जिल्ला समिति बनिसकेको छ । समितिको सभापतिमा डिल्लीराम कोइराला, उपसभापतिमा शान्ति रानाभाट र सचिवमा रमेश पोख्रेल हुनुहुन्छ ।

स्याङ्जाका सबै पालिकामा सम्पर्क कार्यालय खोली सङ्गठन विस्तार गर्ने योजना अन्तर्गत भीरकोट र वालिङ नगरपालिकामा प्रदेश समिति सदस्य बोधराज रेग्मीको विशेष उपस्थितिमा सम्पर्क कार्यालय खोलिएको छ । स्याङ्जा जिल्ला सदरमुकाममा पार्टी कार्यालय खोल्ने तयारी भइरहेको प्रदेश समिति सदस्य बोधराज रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले स्याङ्जाका ११ वटै स्थानीय तहमा सम्पर्क कार्यालय खोल्नका लागि तयारी गरिराखेका छौं । जिल्ला सदरमुकाममा पनि पार्टी कार्यालय स्थापनाको अन्तिम तयारी भइरहेको छ ।’

पार्टीमा जिल्लाबाट प्रदेशका लागि ३ जना छनोट भएका छन् । प्रदेशमा छनोट हुनेमा बोधराज रेग्मी, विश्वास भण्डारी र मेख आले रहेको स्वतन्त्र पार्टी स्याङ्जा जिल्लाका सचिव रमेश पोख्रेलले बताउनुभयो ।

‘केही दिनमै रवि लामिछाने स्याङ्जा आउने कार्यक्रम तय गरिएको छ । मिति भने तोकिइसकेको छैन । लामिछानेको कार्यक्रमपछि जिल्ला समिति थप विस्तार हुन्छ ।’ पोखरेलले बताउनुभयो ।


धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।