Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पोखरामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गयो

पोखरा ।  अविरल वर्षापछि घर माथिबाट आएको पहिरोका कारण कोठा भत्किएर पुरिँदा पोखरामा एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं -६ डिहि...


पोखरा।  अविरल वर्षापछि घर माथिबाट आएको पहिरोका कारण कोठा भत्किएर पुरिँदा पोखरामा एक युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नं -६ डिहिकोपाटन पँधेरोस्थित राति अन्दाजी १२:५५ बजेको समयमा लक्ष्मी खड्का क्षेत्रीको ब्लकले बनेको कच्ची घरको कोठा भत्किएर पुरिँदा कास्की माछापुच्छ्रे गाउँपालिका -१ भुर्जुङखोला तातोपानी घर भई उक्त घरमा डेरा गरी बस्दै आएका अन्दाजी २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता (डिएसपी) सुन्दर तिवारीले  जानकारी दिए।

तिवारीका अनुसार घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालयबाट डिएसपी तिवारीको कमान्डमा २५ जना र सशस्त्र प्रहरी बल कालिका गणबाट स.प्र.नि.उमेश ढकालको कमान्डमा खटिएको १५ जनाको टोलीले सुनारलाई राति १:५५ बजे उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा उनको उपचारका क्रममा राति २:२० बजे मृत्यु भएको हो।

घटनामा मृतकका दिदी २७ वर्षीय सुनिता सुनार घाइते भएकी छन्। उनको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको छ भने सुनिताकी १० वर्षीय छोरी सिम्रन सुनारको सकुशल उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए।

पोखरा आसपास लगायतका क्षेत्रमा आइतबार साँझदेखि निरन्तर ठुलो वर्षा भइरहेको छ।


धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।