Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

दामाचौर बजारमा लाखेनाच प्रतियोगिता हुँदै

स्याङ्जा,  चापाकोट नगरपालिका ८ दामाचौर बजार स्याङ्जामा भाद्र १२ गते लाखेनाच प्रतियोगिता हुने भएको छ । दामाचौर बजार व्यवस्थापन समितिले हरिताल...


स्याङ्जा, चापाकोट नगरपालिका ८ दामाचौर बजार स्याङ्जामा भाद्र १२ गते लाखेनाच प्रतियोगिता हुने भएको छ । दामाचौर बजार व्यवस्थापन समितिले हरितालिका तिजको पूर्व सन्ध्यामा खुल्ला लाखे नाच प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको दामाचौर बजार व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष तुल बहादुर शाहीले बताउनुभयो ।

प्रतियोगितामा विजयी समुह मध्ये प्रथम, द्वितिय र तृतियलाई क्रमश नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरीने बजार व्यवस्थापन समितिका सचिव प्रेमचन्द्र पाठकले जानकारी दिनुभयो । गण्डकी बेशी क्षेत्रका लाखेनाच समुहको सहभागीता रहने प्रतियोगिता दामाचौर बजार, बगैचामा हुनेछ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।