Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुर बेझाँड चोकमा यात्रु सहायता कक्ष सञ्चालन

पाल्पा,  ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले चाडपर्वलाई मध्यनजर गर्दै बेझाँड चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । नजिकिदै गरेको दशैं...


पाल्पा, ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले चाडपर्वलाई मध्यनजर गर्दै बेझाँड चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । नजिकिदै गरेको दशैं तथा तिहार लगाएतका पर्वहरुलाई मध्यनजर गर्दै रामपुर ५ बेझाँड चोक स्थित प्रहरी विटमा हेल्प डेक्स सञ्चालनमा ल्याएको हो ।

चाड पर्वको समयमा यात्रुहरुको सहजताको लागि ईलाका प्रहरी कार्यालय रामपुर र अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरले सहायता कक्ष सञ्चालन गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले चाड पर्वको अवसरमा गाउँ फर्किने तथा घर जाने यात्रुहरुको चाप हुने भएकाले सहायताको लागि कक्ष स्थापना गरिएको बताउनुभयो । चाडपर्वको मौका छोपी लामो दुरीको यात्रामा बढी भाडा लिने, सिट नपाईने, सामानहरु गाडीमा हराउने तथा छुट्ने, यात्रुहरु अलपत्र हुन सक्ने भएकाले समस्या समाधानका लागि डेक्स स्थापना गरिएको बताउनुभयो ।

साथै प्रहरीले यात्राको क्रममा कुनै पनि असुविधा तथा समस्या आएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । हेल्प डेक्स विजयादशमी, तिहार तथा छठ पर्व सम्म कायम रहने छ ।


धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।