Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

गण्डकी प्रदेशस्तरीय छनोट: स्याङ्जाको विजयी सुरुवात

  स्याङ्जा । आजबाट सुरु भएको गण्डकी प्रदेश स्तरीय टि२० माहिला क्रिकेट छनोटमा सह-आयोजक स्याङ्जा क्रिकेट टिमले विजयी सुरुवात गरेको छ ।  गंगाला...


 

स्याङ्जा । आजबाट सुरु भएको गण्डकी प्रदेश स्तरीय टि२० माहिला क्रिकेट छनोटमा सह-आयोजक स्याङ्जा क्रिकेट टिमले विजयी सुरुवात गरेको छ । 


गंगालाल खेल मैदान चापाकोट (स्याङ्जा)मा भएको खेलमा स्याङ्जाले नवलपुर क्रिकेट टिममाथि १४० रनको फराकिलो जित निकालेको हो । 


टस हारेर पहिले ब्याटिङ थालेको स्याङ्जाले निर्धारित १६ ओभरमा ५ विकेट गुमाएर १७८ रन बनाएपछि १७९ रनको लक्ष्य पाएको नवलपुरले निर्धारित १६ ओभरमा ९ विकेट गुमाएर जम्मा ३८ रन मात्रै बनाउन सक्यो । निर्धारित समयमा खेल हुन नसकेपछि खेल १६ ओभरमा छोट्याएको थियो । 


नवलपुरको लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता स्याङ्जाको लागि कुसुम गोदार, रञ्जना साउथ र समान २ विकेट लिइन् । यस्तै निरु जितको नाममा १ विकेट रह्यो ।  


त्यसअघि सिमा केसीको ६१ रनको अर्धशतकीय इनिङ्मा १७८ रन बनाएको थियो । यस्तै ओपनर तथा कपतान अन्जली विश्वकर्माले ५६ रनको योगदान दिइन् । यता नवलपुरको लागि आयुशमा चापागाईले २ श्रीया शर्माले एक विकेट लिइन् । यस्तै खेलको प्लेयर अफ दि म्याच स्याङ्जाको सिमा केसी भएकी छिन् ।


यहिँ पुस २९ गतेदेखि इटहरीमा आयोजना हुने पीएम कप राष्ट्रिय टि२० महिला क्रिकेटमा सहभागि जनाउनको लागि आयोजना गरिएको प्रतियोगिता भोलि सम्म हुनेछ । जसमा गण्डकी प्रदेशका तीन जिल्लाको टिम सहभागि रहेका छन् । यस्तै आजै स्याङ्जाले आफ्नो दोस्रो खेलमा कास्की जिल्ला क्रिकेट टिमसँग खेल्नेछ ।


फोटो - नेपलिज

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।