Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

इलाका प्रशासनले थाल्यो आफ्नै भवनबाट सेवा शुभारम्भ

  स्याङ्जा । २०५७ सालबाट स्याङ्जाको वालिङबाट सेवा प्रारम्भ गरेको इलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वालिङ ९ सुर्कौदीम...


 स्याङ्जा ।

२०५७ सालबाट स्याङ्जाको वालिङबाट सेवा प्रारम्भ गरेको इलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वालिङ ९ सुर्कौदीमा निमार्ण गरिएको सुविधा सम्पन्न भवनबाट मंगलबारदेखी सेवा प्रारम्भ गरेको हो । इलाका प्रशासन स्थापना भएको झण्डै २२ बर्षपछि आफ्नै भवनबाट नागरिकलाई सेवा गर्ने अवसर पाएको छ । वालिङको भकुण्डे, नयाँबजार हुदै कटौजेमा भाडाको घरबाट सेवा दिदै आएको थियो । भाडाको घरबाट नागरिकको सेवामा केही असहजा हुदै आएकोमा अब केही सेवामा सहजता हुने इलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम गौतमले बताए । अब नागरिकलाई सेवा प्रदान गर्न सजिलो हुनेछ उनले भने,‘कर्मचारी र नागरिकलाई सेवा लिन र दिन समस्या हुदैन ।’ भाडाको घरबाट सेवा दिदा नागरिकको चापले गर्दा बस्ने ठाउँको अभाव थियो ति समस्या नयाँ भवन निर्माण सगै समाधान भएको छ उनले भने ।


आधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिएको भवन, आवास, सभाहल, चमेना गृह, पार्किङ, प्रवेशद्वार लगायतका पूर्वाधारहरु निर्माण गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयबाट विनियोजित तीन करोड २२ लाख (भ्याटबाहेक) को लागतमा भवन निर्माण सम्पन्न भएको हो । २०७८ जेठमा भवन निर्माणको ठेक्का पाएको जयनेपाल ईश्वर निर्माण सेवा प्रालिले गत कात्तिकमा भवन निर्माण सम्पन्न गरेको निर्माण ब्यवसायी ईश्वर मल्लले बताए । कार्यालयले शान्ति सुरक्षा र सुब्यवस्था कायम गर्नुकासाथै यस क्षेत्रका स्थायी नागरिकहरुकालागि नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने, नावालक परिचयपत्र जारी गर्ने, राहदानी फारम संकलन गर्ने, राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने र तयारी राहदानी जारी गर्दै आएको छ । अभिलेखहरु प्रमाणीकरण गर्ने, दलित, जनजाती प्रमाणित गर्ने जस्ता सेवाहरु प्रदान गर्नुकासाथै नेपाल सरकार गृह मन्त्रालय एवं राहदानी विभागद्वारा निर्देशित गर्ने जस्ता सेवाहरु नागरिकलाई प्रदान गर्दै आएको कार्यालयका सूचना अधिकारी सुवास पौडेलले बताए ।


स्याङ्जा जिल्लाको जनसंख्या, भौगोलिक अवस्था एवं स्थानीयबासीको माग बमोजिम वालिङमा कार्यालय स्थापना भएको थियो । साविकका ३१ वटा गाविसहरु एवं हालको वालिङ, चापाकोट, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिकाका सवै वडाहरु र भीरकोट नगरपालिकाका ४,५ र ९, हरिनास गाउँपालिकाका ५,६ र ७ नं. वडा, बिरुवा गाउँपालिकाका ६, ७ र ८ नं. वडाहरु यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सूचना अधिकारी पौडेलले बताए । स्याङ्जा जिल्लाका एघार पालिकाका ९७ वडामध्ये ५१ वटा वडाका नागरिकलाई सेवा प्रवाह गर्दै आएको छ । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा भन्दा यस कार्यालयमा सेवालिने सेवाग्राहीको चाप बढी हुने गरेको छ । नागरिकको चाप बढी हुँदा आफ्नै भवन नहुँदा निकै कष्टपुर्ण सेवा दिन बाध्य हुदै आएको इलाका प्रशासनले अब जनताको सेवा र अन्य सेवाको कार्य सम्पादनमा निकै सहज हुने विश्वास लिइएको छ ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।