Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

अन्तिम चरणमा पुगेकाे रास्वपाकाे ‘पाल्पा खुल्ला सभा’ स्थागित

  पाल्पा । शनिबार रामपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभा स्थागित भएकाे छ । गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ गएकाे भु...


 पाल्पा । शनिबार रामपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभा स्थागित भएकाे छ । गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ गएकाे भुकम्पका कारण सभा स्थागित भएकाे हाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरी सभाको तयारीको बारेमा जानकारी दिएको थियाे ।

गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ ६ दशमलव ४ म्याग्निच्यूडको गएकाे थियाे । भूकम्पले जाजरकाेट र पश्चिम रूकुममा ठूलाे जनधनकाे क्षति पुगेपछि स्थागित भएकाे राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका सभापति अर्जुन प्रसाद श्रेष्ठले जनाएकाे हाे । श्रेष्ठका अनुसार अन्तिम चरणमा रहेकाे सभालाइ स्थागित गरेर सभापति रबि लामिछाने लगायत सबै नेता कार्यकर्ता जाजरकाेट तर्फ गएकाे जनाएकाे छ ।

सभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहित केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेकाे थियाे ।

विहान साढे ११ बजे देखि सुरु हुने सभामा लामिछाने संगै सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्की, केन्द्रीय सदस्य इश्रा मुल्ला मियाँ, केन्द्रिय सदस्य एवं गैर आवासीय नेपाली सम्पर्क विभाग प्रमुख अर्जुन अधिकारी, प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह, मानव तथा वन्यजन्तु द्धन्द्व व्यवस्थापक होम क्षेत्री, लुम्बिनी प्रदेश सभापति देवराज पाठक, गण्डकी प्रदेश सभापति राजन गौतम लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको थियाे ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।