चापाकोट । स्याङ्जाको चापाकोट नगरपालिका स्थित सुन्तलीटारमा जारी दोस्रो चापाकोट महोत्सवमा फागुन ८ गतेबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोज...
चापाकोट ।
स्याङ्जाको चापाकोट नगरपालिका स्थित सुन्तलीटारमा जारी दोस्रो चापाकोट महोत्सवमा फागुन ८ गतेबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ८ गतेदेखी १३ गतेसम्म हुने प्रथम ‘सन्तोष थापा स्मृति कप’ भलिबल प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । युवाहरुको अत्यन्तै रुची रहेको भलिबल खेल महोत्सवको अर्को आकर्षणको केन्द्र रहेकोले दुर्घट्नामा परेर निधन भएका राष्ट्रिय खेलाडी सन्तोष थापाको ४५ औं स्मृति पारेर आयोजना गर्न लागिएको नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना मगरले जानकारी दिए ।
उनका अनुसार गण्डकी प्रदेशका ११ र लुम्बिनी प्रदेशका ४ जिल्लाका खेलाडीहरुको सहभागिताका लागि पत्राचार गरेपनि ८ जिल्लाको मात्रै सहभागिता रहने बताए । भलिबल प्रतियोगिता महोत्सव स्थलभित्रै आयोजना गरिने भएपनि स्थलभित्र छुट्टै कम्पाउण्ड बनाएर आयोजना हुने बताइएको छ । भलिबल खेल हेर्नका लागि टिकट सिस्टम मिलाइएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । खेलकुदको विकास गर्नमात्रै नभई यस सुन्दर स्याङ्जालाई राष्ट्र र अन्तराष्ट्रिय स्तरमा स्थापित गराई खेलकुद पर्यटनको विकास सगै आर्थिकतन्त्रमा समेत टेवा पुग्ने उदेश्य यो प्रतियोगिताले बोकेको भलिबल प्रतियोगिताका संयोजक राजन दर्लामी मगरले बताए ।
झण्डै १७ लाख खर्च हुने यो प्रतियोगितामा चापाकोट उद्योग वाणिज्य संघले ४ लाख, चापाकोट नगरपालिकाले ५० हजार र अन्य रकम विभिन्न समाजिक व्याक्ति, संघसंस्था र टिकटबाट उठाउने लक्ष्य लिइएको हरीबहादुर रानाले बताए । प्रतियोगितामा प्रथम हुने खेलीडी टिमले १ लाख ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी द्धितिय र तृतियले क्रमस १ लाख, ५० अजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
भलिबल प्रतियोगितामा उत्कृष्ट विद्याहरुमा खेलाडीहरुलाई पुरस्कृत गरिने समेत जनाइएको छ । बेस्ट प्यलेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफिन्स, बेस्ट सर्भर, बेस्ट कोचर र उदयमान खेलाडीहरुलाई समेत नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदा नगरिने आयोजकले जनाएका छन् । सन्तोष थापालाई सम्झदै आयोजना गरिएको भलिबल प्रतियोगिताले चापाकोट महोत्सवलाई थप रौनकता थप्ने चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा दोस्रो चापाकोट महोत्सव मुल आयोजक समितिका संयोजक निर्मल रानाले बताए । बालक देखी युवा र बृद्धसम्मकाले यो महोत्सव अवलोकनमा सहजता प्रदान गर्न यो विद्या राखिएको अध्यक्ष रानाले बताए । भलिबल प्रतियोगिता पहिलो दिन पर्वत र पाल्पा बिच उद्घाट खेल हुने समेत आयोजकले जनाउका छन् ।