Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

फाल्गुन ९ देखि १८ गतेसम्म वालिङमा महोत्सव आयोजना गरिने

 स्याङ्जाको वालिङमा फाल्गुन ९ देखि १८ गतेसम्म वालिङ सिटी महोत्सव आयोजना गरिने भएको छ। चेम्बर अफ कमर्स वालिङको नेतृत्वमा यो महोत्सव सम्पन्न ग...


 स्याङ्जाको वालिङमा फाल्गुन ९ देखि १८ गतेसम्म वालिङ सिटी महोत्सव आयोजना गरिने भएको छ। चेम्बर अफ कमर्स वालिङको नेतृत्वमा यो महोत्सव सम्पन्न गरिने तयारी भइरहेको छ। चेम्बरका हालै निर्वाचित अध्यक्ष प्रकाश न्यौपाने (किरण) ले महोत्सवको उद्देश्य स्थानीय कृषिलाई प्रोत्साहन गर्नु रहेको जानकारी दिए।


न्यौपानेका अनुसार महोत्सवले कृषिसँगै स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ। हालै सम्पन्न चेम्बरको साधारण सभाले अध्यक्षमा प्रकाश न्यौपाने, वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद पंगेनी, उपाध्यक्षमा वीरबहादुर गुरुङ र पुष्पा अर्याल, महासचिवमा गणेश राउत, सचिवमा जङ्गबहादुर गुरुङ, कोषाध्यक्षमा किरण खाँण र सहकोषाध्यक्षमा सिर्जना श्रेष्ठलाई चयन गरेको थियो। यससंगै १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको महासचिव राउतले जानकारी दिए।


महोत्सवको उद्घाटन कार्यक्रममा वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणको पनि उपस्थिति रहेको थियो। उनले व्यवसायलाई नाफामुखी मात्र नभई उपभोक्तामैत्री बनाउनुपर्ने धारणा व्यक्त गरे। मेयर खाँणले व्यवसायीलाई मूल्य सूची राख्न, म्याद गुज्रिएका सामान विक्री नगर्न र उपभोक्ताको स्वास्थ्यप्रति सचेत रहन विशेष ध्यान दिन आग्रह गरे।


यो महोत्सवले स्थानीय समुदाय र व्यवसायीबीच सहकार्य बढाउँदै आर्थिक र सामाजिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।