Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोटमा ८७ वर्षीय वृद्ध मृत अवस्थामा फेला

 स्याङ्जा, २८ माघ – स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–८ ज्याग्दीघाटस्थित कालीगण्डकी नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। ...


 स्याङ्जा, २८ माघ – स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–८ ज्याग्दीघाटस्थित कालीगण्डकी नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृतक पाल्पा जिल्लाको रम्भा गाउँपालिका–१ हुँगीका ८७ वर्षीय देवीलाल भट्टराई रहेका छन्।


परिवारका अनुसार भट्टराई सोमबार घरबाट निस्किएका थिए। उनी आज बिहान कालीगण्डकी किनारमा मृत अवस्थामा फेला परेका हुन्।



प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि चापाकोट अस्पतालमा राखिएको जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।