Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

दोश्रो संस्करणको स्याङ्जा क्रिकेट लिग प्रतियोगिता हुने

 स्याङ्जा जिल्ला क्रिकेट संघको आयोजनामा दोस्रो संस्करणको जिल्लास्तरीय पुरुष अन्तरपालिका स्याङ्जा क्रिकेट लिग – २०८१ हुने भएको छ। प्रतियोगिता...


 स्याङ्जा जिल्ला क्रिकेट संघको आयोजनामा दोस्रो संस्करणको जिल्लास्तरीय पुरुष अन्तरपालिका स्याङ्जा क्रिकेट लिग – २०८१ हुने भएको छ। प्रतियोगिता पुतलीबजार नगरपालिका–१३ स्थित मातृभूमि खेलमैदानमा माघ ३० गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन गरिनेछ।


संघका अध्यक्ष दिवाकर थापाका अनुसार प्रतियोगिता आयोजना गर्नुको उद्देश्य जिल्लाभित्रका स्थानीय प्रतिभावान खेलाडीहरूको पहिचान गर्ने, उनीहरूको स्तर वृद्धि गर्ने तथा क्रिकेट खेलप्रति रुचि बढाउने हो। यस प्रतियोगिताले जिल्लाका क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास गरिएको छ।


प्रतियोगितामा विजेता टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्रसहित ४० हजार रुपैयाँ बराबरको किटसेट प्रदान गरिनेछ भने उपविजेता टिमले ट्रफी, मेडल, प्रमाण–पत्रसहित २० हजार रुपैयाँ बराबरको किटसेट प्राप्त गर्नेछ। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष रूपमा सम्मान गरिनेछ। उत्कृष्ट बलर, ब्याटर, किपर तथा प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ।


यसै प्रतियोगिताको आधारमा प्रधानमन्त्री कप: एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि स्याङ्जा जिल्लाको पहिलो चरणका खेलाडीहरू छनोट गरिनेछ। प्रतियोगिताले जिल्लाका युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्नका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिए

को छ।


धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।