Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

अध्यक्ष कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि चापाकोटलाई

 नुवाकोट, वैशाख ११ म्यागङ गाउँपालिकाको आयोजनामा सम्पन्न तेस्रो अध्यक्ष कप राष्ट्रिय भलिबल प्रतियोगितामा स्याङ्जाको चापाकोट नगरपालिकाले उपाधि...


 नुवाकोट, वैशाख ११

म्यागङ गाउँपालिकाको आयोजनामा सम्पन्न तेस्रो अध्यक्ष कप राष्ट्रिय भलिबल प्रतियोगितामा स्याङ्जाको चापाकोट नगरपालिकाले उपाधि हात पारेको छ। चापाकोटले फाइनल खेलमा आफ्नै गृहजिल्लाको वालिङ नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो।


फाइनल खेलमा चापाकोटले वालिङलाई २५–१६, २५–१२ र २५–१८ को सहज जित दिंदै शानका साथ विजेता बनेको हो। प्रतियोगिता यही वैशाख ७ गते आइतबारदेखि सुरु भई विभिन्न जिल्लाका १५ वटा स्थानीय तहका टोलीहरूको सहभागितामा सम्पन्न भएको हो।


बिजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पुरस्कार वितरण गरेका थिए। चापाकोट नगरपालिकाले उपाधिसँगै नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। दोस्रो स्थानमा रहने वालिङ नगरपालिकाले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। तेस्रो स्थानमा चम्पादेवी गाउँपालिकाले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान प्राप्त गरेको छ।


व्यक्तिगत विधामा पनि चापाकोटका खेलाडीहरू चम्किए। उत्कृष्ट खेलाडीको उपाधि चापाकोटका सन्जोग परियारले प्राप्त गरे। उत्कृष्ट स्पाइकर चम्पादेवीका शसिस मगर, उत्कृष्ट सर्भर वालिङका भुपेन गुरुङ, उत्कृष्ट लिबेरो चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट लिफ्टर वालिङका सुदीप रानामगर, उत्कृष्ट ब्लकर वालिङकै विप्सन शाही ठकुरी र उत्कृष्ट प्रशिक्षक चापाकोटका अमृत केसी घोषित भए।


प्रतियोगिताले स्थानीय तहबीचको सहकार्य र खेलकुदको विकासमा सकारात्मक योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।