चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो चापाकोट कृषि, पर्यटन, सांस्कृतिक, औद्योगिक, व्यापार तथा खेलकुद महोत्सव–२०८२ यही पुस २५ गतेदेख...
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो चापाकोट कृषि, पर्यटन, सांस्कृतिक, औद्योगिक, व्यापार तथा खेलकुद महोत्सव–२०८२ यही पुस २५ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सव चापाकोट नगरपालिका अन्तर्गत गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा भव्य रूपमा आयोजना गरिने संघले जानकारी दिएको छ।
स्थानीय उत्पादन, संस्कृति, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको महोत्सवमा विभिन्न आकर्षक कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएको छ। महोत्सवका प्रमुख आकर्षणमा स्थानीय कृषि उत्पादन तथा हस्तकला प्रदर्शनी, स्थानीय झाँकी प्रदर्शनी, भजन–कीर्तन तथा रत्यौली प्रतियोगिता, मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता, तेस्रो चापाकोट डान्स आइडल र जिल्ला स्तरीय भलिबल प्रतियोगिता रहेका छन्।
त्यसैगरी, दर्शकहरूका लागि आकर्षक प्रवेश गेट, लन्डन ब्रिज र इफिल टावरको संरचना, गण्डकी बेसिका रमणीय स्थलहरूको हेलिकप्टरमार्फत दृश्यावलोकन, कालीगण्डकी नदीमा ¥याफ्टिङ तथा प्याराग्लाइडिङ, बालबालिकाका लागि मनोरञ्जनात्मक बाल उद्यान, साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति समेत रहनेछ।
आयोजक चापाकोट उद्योग वाणिज्य संघले महोत्सवलाई सफल बनाउन नगरवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी, उद्योगी–व्यवसायी, राजनीतिक दल, शैक्षिक क्षेत्र, गुरुजन, विभिन्न संघ–संस्था, वित्तीय संस्था तथा बैंकहरू साथै सम्पूर्ण आगन्तुकहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक अपिल गरेको छ।

