२० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बा...
प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकीबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूसँग छलफल गर्दा शुक्रबार डुम्रेले भैरहवा–पोखरा सडक खण्डको स्तरोन्नतीको विषय राखेका हुन् । राजमार्गको स्तरोन्नती बारम्बार बजेट भाषणमै सीमित हुँदा कार्यान्वयन हुन नसकेको बताए ।
सिद्धार्थ राजमार्गको स्तरोन्नति हुँदा स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु र कास्की जिल्लाको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा योगदान पर्याउने जानकारी गराए ।
स्याङ्जा क्षेत्र नं २ नागरिक मध्यम र जटिल खालको उपचारका लागि पाल्पा र पोखरा जानुपर्ने वाध्यता बारे प्रधानमन्त्री बालेनलाई जानकारी गराए ।
वालिङमा रहेको स्वास्थ्य चौकिमा थप जनशक्ति नियुक्ति गर्नुपर्ने, स्वास्थ्य चौकीको भौतिक संरचना सुधार गरी उपचार सुविधा दिगो बनाउनु पर्नेप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
पहाडी जिल्लामा बादर नियन्त्रणका लागि दीर्घकालीन योजनाप्रति प्रधानमन्त्रीको तदरुकताका लागि आग्रह गरे । उत्पादित फलफूलका लागि शित भण्डार आवश्यक रहेको उनले सुनाए ।
आधिखोला हईड्यामको विषयमा अस्पष्टता रहेको हुँदा जनतालाई यस परियोजनाबारे स्पष्ट पार्न आवश्यक रहेको प्रधानमन्त्रीलाई जानकारी गराए ।
स्याङ्जा–२ स्वरेकमा रहेको नेपालको पहिलो प्याराग्लाइडिङ स्कूलको संरक्षण र प्रवर्द्धनको आवश्यकता बारे प्रधानमन्त्रीलाई जानकारी गराए । स्याङ्जा–ं २ को विकासका लागि भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, नदी संरक्षण, पर्यटन र शिक्षा सुधारमा ठोस पहल आवश्यक रहेको र त्यसप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
