Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाका थप ८८ मा कोरोना पुष्टि, ६ जनाको मृत्यु

  स्याङ्जा, १० जेठ । स्याङ्जाका थप ८८ मा कोरोना पुष्टि भएको छ भने ६ जना संक्रमितको उपचारको क्रममा निधन भएको छ । पछिल्लो २४ घण्टामा कोरोना सं...

 


स्याङ्जा, १० जेठ । स्याङ्जाका थप ८८ मा कोरोना पुष्टि भएको छ भने ६ जना संक्रमितको उपचारको क्रममा निधन भएको छ ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ नगरपालिकाका दुई जना, भीरकोट, पुतलीबजार र गल्याङ नगरपालिका एक/एक जना र वीरुवा गाउँपालिकाका एक जना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङ् नगरपालिका ६ की ४२ वर्षीय कोरोना संक्रमित महिलाको संक्रमण पुष्टि भएकै दिन (आइतबार) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको हो ।

त्यसै गरी वालिङ नगरपालिका ६ की ५४ वर्षीय कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरा हिजो निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

निर्देशक शर्माका अनुसार भिरकोट नगरपालिका २ का जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषको आइतबार फेवासिटी अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको छ ।

त्यसै गरी पुतलीबजार नगरपालिका ६ का ६७ वर्षीय पुरुषको आइतबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३१ ग्ते संक्रमण पुष्टि भएको थियो ।

जेठ ४ गते कोरोना संक्रमण पुष्टि भएका गल्याङ नगरपालिका ११ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ ।

त्यसै गरी विरुवा गाउँपालिका ४ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको हिजो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको छ । उहाँलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । 

पछिल्लो २४ घण्टामा जिल्लाका ३७ महिला र ५१ पुरुष गरी थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।