Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

कोरोना विरुद्धको खोप उपलब्ध गराउन वालिङ नगरपालिकाको अनुरोध

  स्याङ्जा, ११ जेठ । वालिङ नगरपालिकाले कोभिड विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।  कोभिड १९ को नयाँ भेरियन्ट म...

 

स्याङ्जा, ११ जेठ । वालिङ नगरपालिकाले कोभिड विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ । 

कोभिड १९ को नयाँ भेरियन्ट मुलुकभर अत्याधिक रुपमा फैलिएको भन्दै रोगको रोकथामको बिकल्प मध्ये भ्याक्सिन एक रहेको भन्दै नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र पठाएको हो ।

नगरप्रमुख दिलिपप्रताप खाँणद्धारा हस्ताक्षरित पत्रमा वालिङका नागरिकहरुले खोपको अत्याधिक माग गरेकाले मन्त्रालयबाट उपलब्ध गराउन यदि यस्तो संभव नभए नगरपालिकाले आफ्नै खर्चमा खोप खरिद गर्ने वातावरण सृजना गर्न आग्रह छ ।

मन्त्रालयले खोप उपलब्ध गराउन नसकेमा नगरपालिकाले आँफै खोप खरिद गर्न तयार रहेकाले खरिदका लागी अनुमति दिन पत्रमा उल्लेख गरिएको छ ।




यसअघि रामपुर नगरपालिका आफैले खोप किन्न अनुमति माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको छ । नगरपालिका आफैले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर खोप किन्न अनुमति मागेको हो ।

नगरपालिकाभित्र बसोबास गर्ने नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप लगाउने सोंच नगरपालिकाको भएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

‘हामी आफै खोप किनेर ल्याउने र लगाउन स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ नगरप्रमुख थापाले भन्नुभयोे, ‘प्रचलित ऐन÷नियमावली र मापदण्डको परिधिभित्र रही र यसअघि सरकारले खरिद गरेको मूल्य र तोकिएको मापदण्डबमोजिम कोभिड–१९ विरुद्धको खोप किन्न माग गरेको हो ।’ नगरपालिकाले ५० हजार डोज खोप खरिद गर्ने कार्यका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गरेको छ ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।