Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

  पर्वत, १४ जेठ । जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिराको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ । कालीगण्डकी न...

 

पर्वत, १४ जेठ । जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिराको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ ।

कालीगण्डकी नदीमा बिहीबारदेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो ।

जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन् ।

पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताउनुभयो ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।