Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

गृह मन्त्रालयले भन्याे– ‘स्वास्थ्यकर्मीमाथि कुटपिट, दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ’

  काठमाण्डाै – गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही हुने बताएको छ । शुक्रवार (आज) विज्ञप्ति निकालेर मन्त...

 

काठमाण्डाै – गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही हुने बताएको छ । शुक्रवार (आज) विज्ञप्ति निकालेर मन्त्रालयले कुटपिटमा संलग्न जो कोहीलाई पनि कारबाही हुने जनाएको हो । 

कोभिड–१९ महामारीको यो बेला बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय काम भएको भन्दै छानबिनका क्रममा दोषी पाइएकालाई कारबाही हुने विज्ञप्तिमा भनिएको छ । यसअघि आजै स्वास्थ्य मन्त्रालयले घटनामा संलग्नलाई कारबाही गर्न अपिल गरेको थियो । 

बिहीवार (हिजो) बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । 

यस्तै घटनाको विरोधमा डाक्टर तथा स्वास्थ्यकर्मीले शुक्रवार बिहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै आएका छन् ।




धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।