Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा निषेधज्ञा जेठ २५ गतेसम्म थपियो

स्याङ्जा, १४ जेठ । स्याङ्जामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेठ २५ गतेसम्म जिल्लाभर निषेधाज्ञा...


स्याङ्जा, १४ जेठ । स्याङ्जामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेठ २५ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेको छ ।


प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सूचना जारी गर्दै पहिलोपटक बैशाख २१ गते बिहान ६ बजेदेखि बैशाख ३१ गते मध्यराती १२ बजे, दोस्रोपटक जेठ १ देखि १५ सम्मका लागि जारी निशेधाज्ञा पुन जेठ २५ सम्मको लागि जारी गरिएको बताउनु भएको हो ।


कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारीे गर्नेे निर्णय गरेको प्रजिअ नेपालले जानकारी दिनुभयो । सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर १० दिने निषेधाज्ञा जारी भएको हो ।


जिल्लामा निषेधाज्ञाका समयमा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न बाहेक अनावश्यक हिँडडुल गर्न नपाइने व्यवस्था छ। अत्यावश्यक खाद्यान्न लगायतका पसलहरु पसलहरु बिहान ५ देखि ९ बजेसम्म दिनको एकपटक मात्र खोल्न पाईन्छन् ।


औषधी तथा औषधालयहरु, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई भने रोक लगाइएको छैंन् ।


मठ, मन्दिर तथा बिभिन्न धार्मिक कार्य वा विहेवारीमा १५ जना भन्दा बढी सहभागी हुन पाइने छैन। सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ । आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने समेत जनाइएको छ।





 

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।