Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा १० दिन थपियो निशेधाज्ञा,सवारीसाधनमा जोर बिजोर,बैंक बित्तिय संस्था खुल्ने

  स्याङ्जा : स्याङ्जामा आउँदो असार २५ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । असार १५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर असार २५ गते...

 


स्याङ्जा :

स्याङ्जामा आउँदो असार २५ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । असार १५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर असार २५ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको हो ।

सो अवधीमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत खुला गरिएको छ । नीजि तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर लागु गरिएको छ । अव जोर गते जोर नम्वर र बिजोर गते बिजोर नम्वरका गाडी सञ्चालनमा आउने छन् ।

पसलहरु बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।

स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९६ ज्यान गुमाएका छन भने तीन हजार दुई सय ४६ जना संक्रमित मध्ये दुई सय ३२ सक्रिय संक्रमित रहेका छन् ।

यस्तो छ नयाँ नियम :

१. निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्ति घर बाहिर ननिस्कने । घर बाहिर निस्कनु परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने ।

२. सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न,मेला महोत्सव गर्न तथा कुनै प्रकारको खेलकुद प्रतियोगिता सञ्चालन गर्न निषेध गर्ने ।

३. एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन,औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनहरु, सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस तथा संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु, पाठ्यपुस्तक बोकेका सवारी साधनहरुका संचालन गर्न सकिने छ । साथै यस जिल्लामा मात्र संचालन गर्न पाइने गरी निजी र सार्वजनिक सवारी साधनहरु जोर विजोरको आधारमा (जोर गते जोर नं. र विजोर गते विजोर नं.) संचालन गर्न सकिने छ तर सार्वजनिक सवारी साधनहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्दै सिट क्षमताको ५० प्रतिशत भन्दा बढी यात्रु राख्न पाइने छैन । यस जिल्लाबाट अन्य जिल्लामा

जाने सवारी साधनले जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र लिएर मात्र जानु पर्नेछ ।

४. सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नाँचघर, क्लव, फुटसल, जिमखाना, ब्युटी पार्लर, शैलुन, फुटपाथ पसल लगायतका सेवा एवं स्थलहरु नखोल्ने तथा संचालन नगर्ने । तर होटल रेष्टुरेन्ट तथा चिया पसलबाट टेक अवे सेवा संचालन गर्न सकिने । औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने ।

५.माथी ४ नं. मा उल्लेखित व्यवसाय बाहेक अन्य व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई बिहान ५:०० बजेबाट बेलुका ६:०० बजेसम्म मात्र

संचालन गर्न पाउने ।

६. विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै संचालन गर्नुपर्ने र त्यस्ता कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई (विवाहको हकमा दुवै पक्ष गरी) १५ जना भन्दा बढी सहभागी हुन नपाईने ।

७. सम्पूर्ण सरकारी कार्यालयहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संचालनमा रहने छन् । सहकारी तथा गैरसरकारी

संस्थाहरु आफ्नो कार्यालयबाट मात्र सेवा प्रवाह गर्ने गरी खुला रहने छन् ।

८. मठ मन्दिरहरु तथा विभिन्न धार्मिकस्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पूजा बाहेक अन्य सम्पूर्ण सामाजिक, साँस्कृतिक र धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने ।

९. बैंक तथा वित्तीय संस्थाका सेवाहरु स्वास्थ्यका मापदण्डलाई पूर्ण रुपमा पालना गरी सञ्चालनमा रहने ।

१०.कामदार तथा सुपरभाइजर यथास्थानमा रही स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर मात्र विकास आयोजना सञ्चालन गर्ने ।



धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।