Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

नेपाल कुवेत सरोकार समाजको सहयोगमा स्याङ्जाको चापाकोट नगरपालिकामा ३२ घर धुरीलाई राहत वितरण

स्याङ्जा, नेपाल कुवेत सरोकार समाजको सहयोगमा स्याङ्जाको चापाकोट नगरपालिकामा हिजो मंगलबार राहत वितरण कार्यक्रम गरिएको छ । देश नै कोरोना को महा...



स्याङ्जा,
नेपाल कुवेत सरोकार समाजको सहयोगमा स्याङ्जाको चापाकोट नगरपालिकामा हिजो मंगलबार राहत वितरण कार्यक्रम गरिएको छ । देश नै कोरोना को महामारीमा परेको बेला चापाकोट नगरपालिका का महामारीको चपेटामा परेका विपन्न वर्गका घर परिवारलाई राहत वितरण गरिएको हो ।



चापाकोट नगरपालिका वडा नं ९,२ र ८ मा ३२ घर धुरीलाई  १५ के जी चामल, १ के जी दाल, १ पोका तेल र १ के जी नून  का दरले राहत वितरण गरिएको नेपाल कुवेत सरोकार समाजका सदस्य दीपक सुनार ले जानकारी दिनुभयो ।

पछिल्लो समय कोरोना महामारीको असहज परिस्थितिमा कोहि पनि भोकले छट्पटाउन नपरोस् भन्ने ध्येयका साथ राहत वितरण अभियान चलाइएको नेपाल कुवेत सरोकार समाजले जनाएको छ । राहत वितरण अभियान सदस्य दीपक सुनार को नेतृत्वमा साथै न्यू युनाइटेड भु पु चोक क्लब को सहायतामा गरिएको थियो ।




धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।