Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

विवेकशील साझा पार्टीका पूर्वसंयाेजक उज्ज्वल थापाकाे निधन

  काठमाण्डाै – विवेकशील साझा पार्टीका पूर्वसंयाेजक उज्ज्वल थापाको निधन भएको छ । उहाँको उपचारका क्रममा आज दिउँसाे निधन भएको हो । कोभिड–१९ बाट...

 


काठमाण्डाै – विवेकशील साझा पार्टीका पूर्वसंयाेजक उज्ज्वल थापाको निधन भएको छ । उहाँको उपचारका क्रममा आज दिउँसाे निधन भएको हो ।

कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । थापालाई श्वासप्रश्वासको समस्या भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । निमोनियाका कारण थापाको फोक्सोमा सङ्क्रमण फैलिएको डाक्टरले बताएका थिए । कोरोना भाइरसको सङ्क्रमण भएपछि उहाँलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यसपछि ह्याम्सबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो ।

गएको शुक्रवार उहाँलाई ग्राण्डीबाट नेपाल मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । मेडिसिटीमा इक्मो प्रविधिबाट उहाँको उपचार भइरहेको थियो । थापालाई चिन्ने प्राय सबैले उहाँको स्वास्थ लाभको कामना गर्दै आएका थिए ।

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्ने उद्देश्य बाेक्नुभएका थापा विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक हुनुहुन्थ्याे । उहाँको उपचारका लागि रकम सङ्कलनसमेत भएको थियो ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।