Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको गल्याङ नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

गल्याङ जेसिजको आयोजना लुम्बिनी मेडिकल कलेज प्रबास पाल्पाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम स्याङ्जाको गल्याङ नगरपालिकामा सम्पन्न भयो । क...

गल्याङ जेसिजको आयोजना लुम्बिनी मेडिकल कलेज प्रबास पाल्पाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम स्याङ्जाको गल्याङ नगरपालिकामा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्दै गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष महेस भट्टराईले जेसिजले व्यक्तित्व विकास संगै सामाजिक तथा सिर्जनात्मक कार्यमा अगाडि बढेको कुरा बताउदै रक्तदान जीवन दान महादान भन्ने मान्यतालाई आत्मसाथ गर्दै सबै व्यक्तिले रक्तदान गरेर सेवानै धर्म हो भन्ने मान्यतालाई विकास गर्दै अगाडि वढ्नु पर्ने कुरा बताउनु भयो ।

हामी मानवले आफ्नो जीवनलाई हरेक क्षेत्रमा क्रियाशिल बनाउदै आफूमा पनि नेतृत्व र व्यक्तित्व विकास गरेर अगाडि बढ्ने अभियामा आफू , वडा तथा नगरपालिकाको लाग्ने कुरा बताउनु भयो ।उहाले समाजलाई परिवर्तनका लागि युवाहरु एक भएर लाग्नु पर्ने बेला आएको र समाजलाई परिर्वतनको दिशामा अगाडि वढाउन आग्रह समेत गर्नु भयो ।

 कार्यक्रममा गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्याल, लुम्बिनी मेडिकल कलेज प्रबास पाल्पाका क्याम्प कोडिनेटर तिलक राम घिमिरे ,लायन्स क्लव अफ गल्याङ सिटीका अध्यक्ष किसान श्रेष्ठ, जेसिज वर्ष २०२२का बोड सल्लहाकार द्रर्बेन्द्रदेव खनाल,गल्याङ जेसिजका सचिव सुनिल पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा पुरुष ३४ जना र महिला २ जना गरी ३६ जनाले रक्तदान गर्नु भएको थियो भने संकलित रगत लुम्बिनी मेडिकल कलेज प्रबास पाल्पा पठाइएको छ ।

गल्याङ जेसिजका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रेम नारायण रेग्मीले र कार्यक्रमको सञ्चालन महासचिव प्रतिमा भट्टराईले गर्नु भएको थियो । 


 

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।