Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

शहीद बहुमुखी क्याम्पस रामपुरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न सञ्चालक समिति अध्यक्षमा भट्टराई

  पूर्वी पाल्पाकै ठूलो क्याम्पसको रुपमा रहेको शहीद बहुमुखी क्याम्पस रामपुरको सञ्चालक समिति अध्यक्षमा नेत्रप्रसाद भट्टराई चयन हुनुभएको छ। आगा...


 

पूर्वी पाल्पाकै ठूलो क्याम्पसको रुपमा रहेको शहीद बहुमुखी क्याम्पस रामपुरको सञ्चालक समिति अध्यक्षमा नेत्रप्रसाद भट्टराई चयन हुनुभएको छ। आगामी तीनवर्षे कार्यकालको लागि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ। नवगठित समितिको सदस्यमा रामप्रसाद ढकाल, कृष्णप्रसाद श्रेष्ठ, फणेश्वर गौतम, दुर्गा पोखरेल, सुरेश अधिकारी, यमबहादुर सुनार, पार्वती न्यौपाने, रिता गौतम रहनुभएको छ । शुक्रवार नै बसेको नयाँ समितिको बैठकले सदस्यमा दिवाकर देवकोटा र सुकदेव पोखरेललाई चयन गरेको छ । पदाधिकारी भने सञ्चालक समिति भित्रबाटै चयन गरिनेछ । 

 यसअघि नै समिति सर्वसम्मत रुपमा चयन प्रक्रिया भएपनि सञ्चालक समितिले शुक्रवारदेखि मात्रै पूर्णता पाएसंगै नवनिर्वाचित समितिलाई अध्यक्ष देवराज ढकालले पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले गर्नुभएको हो भने निर्वाचन अधिकृत सूर्यप्रसाद घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । सामाजिक सद्भाव कायम राखी क्याम्पसको शैक्षिक, भौतिक क्षेत्रको उन्नयनमा काम गर्ने नवनिर्वाचित अध्यक्ष भट्टराईले प्रतिबद्धता जनाउनुभएको छ । 

 विसं २०४६ को जनआन्दोलन पश्चात् गण्डकबेँशीका नागरिकलाई शिक्षाको अवसर प्रदान गर्न यहाँका स्थानीयवासीको जोडबलमा चन्दा उठाएर क्याम्पस सञ्चालन गरिएको थियो । साविक रामपुर गाउँ विकास समितिको मातहतमा रहेको ५० रोपनी सार्वजनिक जग्गामा क्याम्पस सञ्चालन गरिएको हो ।  मानविकी सङ्कायको प्रवीणता प्रमाणपत्र तहको मात्र पठनपाठनबाट शुरु भएको यस क्याम्पसमा हाल स्नातकोत्तर तहसम्म पठनपाठन भइरहेको छ ।एमएड तहमा नेपाली, शिक्षा योजना तथा व्यवस्थापन (एपिएम) र एमबिएस तहसम्मको पठनपाठन भइरहेको छ । 

 विसं २०४८ मा स्थापना भई त्रिविबाट सम्बन्धन प्राप्त गरी मानविकी सङ्कायको प्रवीणता प्रमाणपत्र तहको मात्र पठनपाठन भएको यस क्याम्पसमा कक्षा ११÷१२ देखि स्नातकसम्म शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा पठनपाठन हुँदै आएको छ भने शिक्षा सङ्कायमा २०६७ देखि स्नातकोत्तर र यसैवर्ष देखि व्यवस्थापन तहमा पढाइ हुँदै आएको छ । विसं २०५४ मा स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, नेपाली विषयका कक्षा शुरु गरियो भने २०५५ सालमा तत्कालीन उच्च माध्यमिक तहको पठनपाठन शुरु गरियो । विसं २०६० मा स्नातक तहमा शिक्षा सङ्काय विषय, २०६६ मा व्यवस्थापन र २०६७ मा स्नातकोत्तर तह शुरु गरिएको हो ।

 हाल राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, शिक्षा विषय समूह, त्रिभुवन विश्व विद्यालयतर्फ स्नातक तहमा व्यवस्थापन,मानविकी र शिक्षाशास्त्र सङ्कायको पठनपाठन भइरहेको छ । विसं २०४६ को जनआन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका रामपुरका शहीद सूर्यप्रसाद घिमिरेको नामबाट क्याम्पस सञ्चालन गरिएको हो ।


धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।