काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले केहीबेर अगाडि नतिजा सार्...
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो । यस वर्ष ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ जना रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६ सय २७ जना रहेको परीक्षणा बोर्डले जनाएको छ ।
२.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ६९ हजार ९ सय जना रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७ सय ५८ जना रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७ सय ३३ जना रहेका छन् । यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५ सय ९४ जना , १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५ सय ८६ जना र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २ सय ८० जना रहेको छ ।
गएको वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए ।
यसरी हेर्न सकिन्छ नतिजा :
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ :
www.see.gov.np
www.neb.gov.np
www.khalti.comwww.neemaacademy.com
www.ekantipur.com
www.theconnectplus.com
www.see.edusanjal.com
www.see.ntc.net.np
www.admissionnepal.com