स्याङ्जा । कास्की जिल्ला महिला क्रिकेट टिमलाई १८ रनले हराउँदै स्याङ्जा जिल्ला महिला क्रिकेट टिम गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको च्...
स्याङ्जा । कास्की जिल्ला महिला क्रिकेट टिमलाई १८ रनले हराउँदै स्याङ्जा जिल्ला महिला क्रिकेट टिम गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
मंगलबार चापाकोटस्थित गंगालाल खेल मैदानमा भएको फाइनल खेलमा स्याङ्जाले दिएको १२५ रनको लक्ष्य पाएको कास्कीले निर्धारित १६ ओभरमा ३ विकेट गुमाएर १०६ रन मात्रै बनाउन सक्यो ।
निर्धारित समयमा खेल नहुँदा खेलमा १६ ओभरमा छोट्याएको थियो । कास्कीका लागि सिर्जना पौडेलले ३३ रन बनाइन् । यस्तै गंगा बस्नेतले ३० रन बनाउँदा कप्तान सृष्टि जैसीले २० रन बनाइन् । भने सुजिता थापा शून्य रनमा आउट भइनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित १६ ओभरमा १ विकेट गुमाएर १२४ रन बनाएको थियो ।
स्याङ्जाको लागि अञ्जली विश्वकर्मले सर्वाधिक ४८ रनको योगदान दिएइन् । यस्तै श्रया शाहाले ८ रन बनाउँदा सिमाना केसी २१ रनमा अविजित रहिन् । यता कास्कीका लागि सुसिला डिम्ढुङ्गले १ विकेट लिइन् ।
यस्तै प्रतियोगिताको बेस्ट बलर निरु जिटि हुँदा बेस्ट ब्याटर सिमाना केसी र म्यान अफ सिरिज अञ्जली विश्वकर्मा चुनिन् यी सबै स्याङ्जाका खेलाडीहरु हुन् ।
यहि पुस २९ गतेबाट इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप टि२० महिला रष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताको लागि छनोट खेलको आयोजना गरिएको आयोजक गण्डकी प्रदेश क्रिकेट संघका सदस्य तथा स्याङ्जा जिलला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले जनाकारी दिनु भयो ।