Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला सुरू, ३ लाख दर्शक भित्र्याउने आयाेजककाे लक्ष्य

  पाल्पा । ‘तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९’ आजबाट रामपुरमा सुरु भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयाेजना तथा रामपुर नगरप...


 पाल्पा । ‘तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९’ आजबाट रामपुरमा सुरु भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयाेजना तथा रामपुर नगरपालिकाकाे संरक्षणमा मेला आयाेजना गरिएको हाे ।


संघका अध्यक्ष तथा मेला मुल आयाेजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले गर्नुभएको हाे । उहाँले तीन तहकाे सरकारले समन्वय र सहकार्य गरेर काम गरेमा विकासको फड्को मार्ने बताउनु भएको छ ।


याे क्षेत्र केन्द्रको राजधानी बनाउन सकिने सम्भावना रहेको बताउनु हुदै रामपुर नगरपालिकालाई बृहत्तर नगरपालिका बनाउने भनियता पनि तालमेल नमिल्दा केही विकासमुलक काममा समस्या परिरहेको बताउनुहुदै प्रतिनिधि सभा सदस्य आचार्यले बिगतका कमि कमजोरीलाई मनन गर्दै विकासमुलक कार्यमा सबैकाे साथ सहयाेग आवश्यक रहेको बताउनुभएको छ ।


रामपुरकाे शान्ति सुरक्षालाई मध्यनजर गर्दै डिएसपि सहितको दरबन्दीकाे प्रक्रिया अगाडि बढेको उहाले बताउनुहुँदै यस क्षेत्रकाे शिक्षा, स्वास्थ्य, सडक, विकास निर्माण, उद्योग विस्तार र विकासका लागि सधै लागिपर्ने बताउनु भएकाे छ ।


लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले संघको भवन निर्माण नहुँदा उद्योग वाणिज्य महासंघको सदस्यता नपाएको हुँदा व्यापार मेलाबाट आर्जन गरेको रकमले बहुउद्देश्यीय भवन निर्माण गरिनुपर्नेमा जाेड दिनुभएको छ । उहाँ लेकालिगण्डकी करिडोर र मदन भण्डारी राजमार्गसंग रामपुर जाेडिएकाले साना कुटिर उद्योग मात्रै नभई ठुला उद्योग व्यवसाय संचालन गरेर यहाँकाे आर्यआर्जन बढाउनुपर्नेमा जाेड दिनुभएको छ ।


कार्यक्रमकाे संचालन संघका बरिस्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन महासचिव पुरूषाेतम केसिले गर्नुभएको हाे । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहा, नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे लगायतले बाेल्नुहुदै मेला सफलताको शुभकामना दिनुभएको छ ।


मेलामा स्थानीय कला संस्कृति झल्कने कला संस्कृति देखाएको छ । महाेत्सव उद्घाटन अघि संघको कार्यालय नहरअफिसबाट विभिन्न संघ संस्था, आमा समूह, महिला समुह, विद्यार्थीले आ-आफ्ना कला संस्कृति सहित पाेशाकमा र्यालि निकालिएको थियाे । मेलामा कृषि प्रदर्शनी, व्यापारिक गरि करिव तीन सय स्टल रहेको छ । मेला रामतुलसी नमुना माविको खेलमैदान बेझाँडमा आयाेजना गरिएको छ ।


मेलाका पहिलो दिन आज दर्शककाे उल्लेख्य सहभागीता रहेको थियोे । स्थानीयपन देखिने विभिन्न कला संस्कृति सहितकाे ५८ वटा झाँकि प्रदर्शन गरिएको थियाे ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।