Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुरमा आज देखि जिल्ला स्तरीय पुरुष भलिबल हुँदै

  पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा आज देखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । १० जिल्लाको सहभागिता रहेको प्...


 पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा आज देखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । १० जिल्लाको सहभागिता रहेको प्रतियोगिताको आज १ बजे उट्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिताका संयोजक शंकर बहादुर खाँणले जानकारी दिनुभयो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ हुन लागेको प्रतियोगिता जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रायोजकमा हुँदैछ । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर, गुल्मी, रुपन्देही, कपिलवस्तु, कास्की, बाग्लुङ र पर्वत जिल्लाको सहभागिता रहेको छ ।


प्रतियोगिताका प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले उट्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आजको उट्घाटन खेल पाल्पा र कपिलवस्तु विच हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्रदान गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विभिन्न विद्यामा ५/५ हजार नगद र ट्रफी सहित पुरस्कृत गरिने जनाएको छ । साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको उपाधी प्रदान गरिने जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।