Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पाल्पा रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबलमा स्याङ्जाको विजयी सुरुवात

  पाल्पा , रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जाले विजयी यात्रा सुरु गरेको छ । प्रतियोगिताको पहिलो खेलमा नवलपुरलाई ...


 पाल्पा, रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जाले विजयी यात्रा सुरु गरेको छ । प्रतियोगिताको पहिलो खेलमा नवलपुरलाई ३–१ सेटमा पराजित गर्दै स्याङ्जाले विजयी सुरुवात गरेको हो ।


तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा महोत्सव स्थल रामतुलसी नमुना माविको खेल मैदानमा भएको प्रतियोगितामा पहिलो सेट नवलपुरले २५–२१ अंक सहित आफ्नो पक्षमा लिन सफल भयो । त्यस्त पश्चात स्याङ्जाले लगातार दोस्रो, तेस्रो र चौथो सेट क्रमश २५–१७, २६–२४ र २५–१४ अंक सहित जित निकाल्न सफल भयो ।


समुह ए तर्फको पहिलो खेलमा स्याङ्जाका सन्तोष थापा प्लेयर अफ दि म्याच घोषित भएका छन् । यस जितसँगै स्याङ्जाले ३ अंक र नवलपुरले १ अंक जोडेको छ । प्रतियोगितामा आज ३ खेल हुनेछ । पहिलो खेलमा स्याङ्जा र तनहुँ, दोस्रो खेल पाल्पा र गुल्मी तथा तेस्रो खेल स्याङ्जा र कपिलवस्तु विच हुनेछ ।


प्रतियोगितामा १० जिल्लाको सहभागीता रहने भनिए पनि अन्तमा आएर ७ जिल्लाले सहभागिता जनाएका छन् । माघ २७ देखि फागुन ८ सम्म स१चालन भैरहेको महोत्सवमा जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजकमा प्रतियोगिता भएको हो ।


प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही ५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।