Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा आगो निभाउने क्रममा जलेर पुरुषको मृत्यु

  स्याङ्जा, ६ वैशाख । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भ...


 स्याङ्जा, ६ वैशाख । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ३ लसर्घा, देउराली निवासी ३७ वर्षीय इन्द्र थापा रहेका छन् ।


चैत २९ गते जंगलमा लागेको आगो निभाउने क्रममा आगोमा जलेर थापा गम्भीर घाइते भएका थिए ।


आगोमा जलेर गम्भीर घाइते भएका थापाको किर्त्तिपुर बर्न हस्पिटल काठमाडौँमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको समाजसेवी सन्तु कुमार गिरीले जानकारी दिनुभयो ।


जंगलमा लागेको आगो बस्तीमा पस्ने डरले निभाउन क्रममा उनी जलेर गम्भीर घाइते भएका थिए । मृतक थापाको श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।