Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

बसकाे ठक्करबाट बगनासकालीका ४३ वर्षीय न्यौपानेकाे मृत्यु

  बसले स्कुटरलाई ठक्कर दिँदा शुक्रबार बगनासकाली गाउँपालिका-४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको छ। स्कुटरमा सवार ४३ वर्षीय राजेन्...


 बसले स्कुटरलाई ठक्कर दिँदा शुक्रबार बगनासकाली गाउँपालिका-४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको छ। स्कुटरमा सवार ४३ वर्षीय राजेन्द्र न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३ फूलगैरामा दिउँसो साढे एक बजे दुर्घटना भएको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीलाई उछिन्ने क्रममा बसले ठक्कर दिएको थियो।

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।