Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

बसकाे ठक्करबाट बगनासकालीका ४३ वर्षीय न्यौपानेकाे मृत्यु

  बसले स्कुटरलाई ठक्कर दिँदा शुक्रबार बगनासकाली गाउँपालिका-४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको छ। स्कुटरमा सवार ४३ वर्षीय राजेन्...


 बसले स्कुटरलाई ठक्कर दिँदा शुक्रबार बगनासकाली गाउँपालिका-४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको छ। स्कुटरमा सवार ४३ वर्षीय राजेन्द्र न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३ फूलगैरामा दिउँसो साढे एक बजे दुर्घटना भएको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीलाई उछिन्ने क्रममा बसले ठक्कर दिएको थियो।

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।