Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुरमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

  पाल्पा, रामपुर नगरपालिका-५ भम्बकमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका-५ भम्बक बस्ने ...


 पाल्पा, रामपुर नगरपालिका-५ भम्बकमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका-५ भम्बक बस्ने ३४ वर्षिय गोविन्द कुमाल रहेको प्रहरीले जनाएको छ ।

मंगलबार विहान ७:३५ बजे घर नजिकैको बारीमा रहेको काब्रोको घाँस झार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । घाँसको डाला नाङ्गो तारमा अड्कीए पछि सोही डाला तान्ने क्रममा करेन्ट लागेर उनी भुँईमा खस्न गई गम्भीर घाईते भएका थिए । उनलाई लगतै उपचारको लागि रामपुर अस्पताल लगिएकोमा ७:५० मा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय रामपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक दल बहादुर बुढाले जानकारी दिनुभयो ।

उनको शव रामपुर अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।