Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

  स्याङ्जा – स्याङ्जामा जिल्ला समन्वय समितिकाे गाडी दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । आज बुधवार सिरुवारीबाट स्याङ्जा सदरमुकामका लागि ...


 स्याङ्जा – स्याङ्जामा जिल्ला समन्वय समितिकाे गाडी दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।


आज बुधवार सिरुवारीबाट स्याङ्जा सदरमुकामका लागि छुटेको जिल्ला समन्वय समिति स्याङ्जाकाे गाडी दुर्घटना हुँदा चालक वालिङ नगरपालिका–४ का अमृत खनालकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । बा १ झ ५८७८ नम्बरको गाडी अर्जुनचौपारी गाउँपालिका–३ सहरे नजिक खोले भन्नेमा दुर्घटना भएकाे हाे ।


दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलसहित अन्य दुई जना अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका अर्जुनचौपारीका प्रहरी प्रमुख ख्यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ । समन्वय अधिकारीसहितकाे टाेली के का लागि गएकाे थियाे भन्नेबारे खुलेको छैन ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।