गोपीकृष्ण रेग्मी चापाकोट, १३ माघ । स्याङ्जाको चापाकोटमा ''दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०'' हुने भएको छ । चाप...
चापाकोट, १३ माघ । स्याङ्जाको चापाकोटमा ''दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०'' हुने भएको छ ।
चापाकोट उद्योग वाणिज्य संघ आयोजना र चापाकोट नगरपालिकाको सहयोगमा फागुन ३ देखि १३ गते सम्म चापाकोट खेलमैदान ''दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०'' हुने भएको हो ।
मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता लगाएतका कार्यक्रम हुने चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले बताउनुभयो ।
महोत्सव गाउँ–गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरूको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको चापाकोट उद्योग वाणिज्य संघका महासचिव शिव श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरू राखिने आयोजकको भनाई छ ।