Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

दोश्रो चापाकोट महोत्सव को घोषणा कार्यक्रम सम्पन्न

  दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० हुने भएको छ । चापाकोट उद्योग वाणिज्य संघद्वारा आगामी फागुन ३ देखि १३ गतेसम्म महोत्सव आयोजना ग...


 दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० हुने भएको छ । चापाकोट उद्योग वाणिज्य संघद्वारा आगामी फागुन ३ देखि १३ गतेसम्म महोत्सव आयोजना गरिने भएको हो ।

बुधबार चापाकोटको सुन्तलीटारमा नगरपालिकाका प्रमुख देव बहादुर खाँणको विशेष उपस्थितिमा महोत्सवको मिति र स्थान घोषणा गरिएको हाे ।

दोस्रो चापाकोट महोत्सवका सूचना तथा प्रसार प्रसार संयोजक गोपीकृष्ण रेग्मीका अनुसार अनुसार चापाकोट उद्योग वाणिज्य आयोजक र चापाकोट नगरपालिका संरक्षक रहने दोस्रो चापाकोट महोत्सव गंगालाल माध्यमिक विद्यालय सुन्तलीटारको खेलमैदानमा आयोजना हुने भएको छ ।


मेलाका मुख्य आकर्षणहरूमा दैनिक राष्ट्रिय स्तरका ख्याती प्राप्त लोकदोहोरी, आधुनिक र पप गायक गायिकाहरूको प्रस्तुति रहनेछ । यस्तै गरी जिल्ला स्तरीय भलिबल प्रतियोगिता, चापाकोट डान्स आइडल, भजन प्रतियोगिता एवं विविध मनोरंजनात्मक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।