Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुरमा जिप र मोटरसाईकल ठोकिँदा दुई जना घाईते

  पाल्पा, रामपुर नगरपालिका–३, रजघरामा जिप र मोटरसाईकल ठोकिँदा दुई जना घाईते भएका छन् । मोटरसाईकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६...


 पाल्पा, रामपुर नगरपालिका–३, रजघरामा जिप र मोटरसाईकल ठोकिँदा दुई जना घाईते भएका छन् । मोटरसाईकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६ वर्षिय सुनिल वि.क. र सोही मोटरसाईकलमा सवार उनका ४० वर्षिय आमा सेती वि.क. घाईते हुनु भएको हो ।

रामपुर बाट कावासोती तर्फ जाँदै गरेको लु १ ज ३७६९ नम्बरको जिप र रामपुर–१, फोक्सिङकोट बाट बेझाँड तर्फ आउँदै गरेको लु २१ प २९०७ नम्बरको मोटरसाईकल शुक्रबार विहान ७ बजे ठोक्किएको थियो । घाईतेहरुको अहिले रामपुर अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय रामपुर प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । घाईते मध्ये चालकको अवस्था मध्यम र उनको आमाको अवस्था गम्भिर रहेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।